थप १६ सय १४ जनामा कोरोना पुष्टि

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यससँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बिहीबार देशभर १ हजार ४ सय ३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ।

हाल देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय ८० जना क्वारेन्टाइनमा छन्।

प्रकाशित मिति: : 2020-11-26 16:28:00

प्रतिकृया दिनुहोस्