महासंघको साधारण सभा राेक्न दायर भएको रिट सर्वोच्चद्वारा खारेज

बिएल संवाददाता

काठमाडाै‌ं

सर्वोच्च अदालतले नेपाल उद्योग बाणिज्य महासंघको साधारण सभा रोकी पाँऊ भन्दै परेको रिट खारेज गरेको छ।

बिहिबार न्यायाधीश पुरुषोत्तम भण्डारीले एकल सुनवाइ गर्दै उक्त रिट खारेज गरेका हुन्।

महासंघको साधारण सभा अवैधानिक संज्ञा दिँदै निर्वाचन रोक्न नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर दुईका अध्यक्ष शिव शंकर साहले मंगलबार सर्वोच्चमा रिट हालेका थिए। 

उक्त रिटमा भनिएजस्तो कानुन विपरीत नदेखिएको भन्दै रिट खारेज गरिएको महासंघका निर्बाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए।

यसअघि उनले जिल्ला प्रशाशन कार्यालय निवेदन दिएका थिए।

साहले दायर गरेको रिटमा महासंघ राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएको संस्था भएकोले सरकारको प्रत्यक्ष निगरानी रहने हुँदा,निर्वाचन प्रतिनिधिहरूको पदावधि समाप्त भएपछि अर्को निर्वाचन नहुने बेलासम्मको काम गर्न तदर्थ समिति गठन गरी त्यसै समितिद्वारा निर्वाचन गर्नु पर्ने माग गरेका थिए।  

प्रकाशित मिति: : 2020-11-26 16:57:00

प्रतिकृया दिनुहोस्