टिकटकमा डीएमेलियोको लोकप्रियता नायक बिल स्मिथको भन्दा दुई गुणा बढी

चीनमा बनेको एप्स टिकटक धेरै देशमा प्रतिबन्ध छ।

यो अमेरिकामा पनि प्रतिबन्ध गर्ने समाचार थियो। तर, अमेरिकी सरकारको यो निर्णयलाई अदालतले रोकिदियो,

यसैबीच अमेरिकाकी एक १६ वर्षे किशोरीले टिकटकमा नयाँ रेकर्ड बनाएकी छिन्।

चार्ली डीएमेलियो नामकी किशोरीको अधिकृत अकाउण्टमा आजसम्म १० करोडभन्दा बढी फलोअर्स छन् टिकटकमा।

आफ्नो डान्सिङ मूव्स र लिप सिंक भिडियोबाट चर्चामा आएकी डीएमेलियोको लोकप्रियता नायक बिल स्मिथको भन्दा दुई गुणा, द रकको भन्दा तीन गुणा छ।

उनी सलेना गोमेजको भन्दा चार गुणा र काइली जैनर र एरियाना ग्रान्डेको भन्दा पाँच गुणा बढी चर्चित छिन्।

 उनले हालै आफ्नो ट्वीटर अकाउण्टबाट फलोअर्सको सङ्ख्या सार्वजनिक गरेकी हुन्।

प्रकाशित मिति: : 2020-11-26 21:07:00

प्रतिकृया दिनुहोस्