फुक्यो संवादको गाँठो

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालसँगको सम्बन्ध शीघ्र सुमधुर बनाउन चाहेको सन्देश पठाएका छन्। प्रधानमन्त्री ओलीसँग बिहीबार बालुवाटारमा शिष्टाचार भेट गर्दै भारतीय विदेशसचिव हर्षवद्र्धन शृंगलाले आफ्ना प्रधानमन्त्रीको सन्देश सुनाए, ‘भारतले नेपालसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको छ। केही समययता चिसिएको सम्बन्ध चाँडोभन्दा चाँडो सुमधुर हुन सकोस् भन्ने म चाहन्छु। त्यसका लागि वार्ता गर्न भारत सदा तयार छ। त्यही सन्देश पुर्‍याइदिनुहोस् भनेर प्रधानमन्त्री (मोदी) ज्यूले भन्नुभएको छ।’ 

विदेशसचिव शृंगलाले दुई देश सरोकारका विविध विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग विस्तृत र सौहार्दपूर्ण कुराकानी भएको प्रधानमन्त्री ओलीलाई जानकारी गराए। 

समकक्षी मोदीलाई प्रत्युत्तर सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले आफ्नो पनि दुई देशको ऐतिहासिक सम्बन्ध सकेसम्म छिटो पूर्ववत् सुमधुर बनाउने चाहना रहेको बताए। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार ओलीले पनि संवादकै माध्यमबाट समाधान चाहेको अवगत गराए। 

प्रकाशित मिति: : 2020-11-27 13:13:00

प्रतिकृया दिनुहोस्