फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

बिएल संवाददाता

काठमाडाै‌ं

विश्व फुटलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ।

शुक्रबार जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १७१औँ स्थानमा छ।

नेपाल दक्षिण एसियाली राष्ट्रहरुमा भारत र माल्दिभ्सपछि तेस्रो स्थानमा छ। 

चार स्थान सुधार गरेको भारत १०४औं स्थानमा उक्लेको छ भने माल्दिभ्स १५५औं स्थानमा यथावत छ।

एसियामा भने नेपाल ३४औं स्थानमा छ।

यता बंगलादेश भने तीन स्थान सुधार गर्दै १८४औं स्थानमा उक्लेको छ।

नेपालले यही नोभेम्बरमा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो।

तर नेपालले पहिलो खेल २-० ले गुमाएको थियो भने दोस्रो खेल गोलरहित बराबरी खेलेको थियो। २ खेलको सिरिज नेपालले १-० ले गुमाएको थियो  

भुटान १८९औं स्थानमा र पाकिस्तान २००औं स्थानमा यथावत छ। श्रीलंका २०६औं स्थानमा यथावत छ।

एसियन राष्ट्रहरुमध्ये जापान सबैभन्दा अगाडि २७औं स्थानमा छ।

विश्व वरीयताको शीर्ष ६ स्थानमा कुनै परिवर्तन भएको छैन।

क्रोएसिया र कोलम्बिया शीर्ष दशबाट बाहिरिएको छ। क्रोएसिया दुई स्थान तल झर्दै ११औं स्थानमा पुगेको छ भने पाँच स्थान तल झर्दै कोलम्बिया १५औं मा पुगेको छ।

उनीहरुकाे स्थान भने मेक्सिको र इटलीले लिएका छन्।  दुई दुई स्थान सुधार गरेको मेक्सिको र इटली क्रमश: नवौं र दशौँ स्थानमा छ।

यता बेल्जियम शीर्ष स्थानमा यथावत रहँदा विश्व विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्लयाण्ड चौथो, पोर्चुगल पाँचौ र स्पेन छैटौं स्थानमा यथावत छन्।

अर्जेन्टिना एक स्थान उक्लदै सातौंमा छ। उरुग्वे एक स्थान तल आठौंमा झरेको छ। 

 

प्रकाशित मिति: : 2020-11-27 19:26:00

प्रतिकृया दिनुहोस्