२८९ दिनपछि खेलिएको पहिलो एकदिवसीयमा भारत ६६ रनले पराजित

भारतविरूद्धको पहिलो एकदिवसीय खेलमा अस्ट्रेलिया ६६ रनले विजयी भएको छ। अस्ट्रेलियाले जितका लागि दिएको ३ सय ७५ रनको लक्ष्यलाई पछ्याउने क्रममा भारतले ८ विकेटको क्षतिमा ३ सय ८ रन मात्र बनाउन सफल भएको थियो। 

कोरोनाका कारण भारत २ सय ८९ दिनपछि पहिलो एकदिवसीय खेल्न सिड्नी मैदानमा उत्रिएको थियो। न्युजिल्याण्डविरूद्ध गत फेब्रुअरीमा माउन्ट माउनगुईमा एकदिवसीय खेलेको भारत त्यो खेलमा पनि ५ विकेटले पराजित भएको थियो। 

भारतको एकदिवसीयमा यो लगातार चौथो पराजय हो। भारतले अगाडि न्युजिल्याण्डविरूद्ध ३ एकदिवसीय शृंखलाको सबै खेलमा पराजय भोगेको थियो। 
भारतीय कप्तान विराट कोहलीको सिड्नी मैदानमा अर्को खराब प्रदर्शन थियो। उनले यहाँ ६ खेलमा ५७ रन मात्र बनाएका थिए। 

यद्धपि उनले शुक्रबार २१ रन बनाए उनले पाँच खेलमा २१,३,१,८ र ३ रन मात्र बनाएका थिए। 

भारतका लागि हार्दिक पाण्ड्या र शिखर धवनले उत्कृष्ट प्रदर्शन गरे। हार्दिक ९० र शिखर ७४ रनमा आउट भए। धवनको एकदिवसीयमा ३० औं अर्थसतक थियो भने हार्दिकको पाँचौ थियो। 

भारतका लागि शिखर र मयंक अग्रवालले उत्कृष्ट प्रदर्शन गरेका थिए। दुबैले बिस्फोटक ब्याटिङ गर्दै ५३ रनको ओपनिङ पार्टनरशिप गरेका थिए। यसपछि भारतले ४ ८ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो। मिडल अर्डर पुरै फ्लप सावित भयो। 

शिखर र हार्दिकले मिलेर पाँचौ विकेटका लागि १२८ रनको साझेदारी गरेका थिए। 
भारतको पराजयमा स्पिनर एडम जम्पाले ४ विकेट लिए। उनले रविन्द्र जडेजा (२५), हार्दिक र शिखरलाई मिचेल स्टार्कको हातबाट क्याच आउट गराएका थिए। यसअघि लोकेश राहुल लाई १२ रनमा आउट गरे। उनको क्याच स्टिभ स्मिथले गरे। 

भारतलाई सुरुवातमा अफ्ठेरो अवस्थामा पुर्याउन जोस हेजलउडले तीन विकेट लिए। उनले कप्तान कोहली, मयंक (२२) र श्रेयस अय्यर (२) लाई आउट गरेका थिए।

प्रकाशित मिति: : 2020-11-27 20:12:00

प्रतिकृया दिनुहोस्