रुकुम जिप दुर्घटना : मृतकको संख्या ५ पुग्यो

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामास्थित दाँजेमा भएको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ।

शुक्रबार साँझ जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र ५८ वर्षीय लालबहादुर नेपालीको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीकाे भनाइ छ।

नेपालीको शरिरका विभिन्न अंगमा चोट लागेको र बोल्न सक्ने अवस्थामा थप उपचारको लागि आठबिसकोट नगर अस्पताल लगिएकाे थियाे।

आठबीसकोट नगरपालिका ८ को दाजेबाट १०/१२ जना जन्ति बोकेर वडा नं. १० को घारीखोला फर्किरहेको रा.१ ज ५८९ नम्बरको जिप दाजेमा दुर्घटना भएको थियाे। 

दुर्घटनामा परि आठबीसकोट नगरपालिका ८, का अन्दाजि ५१ वर्षीय कलिभान नेपाली, सोहि ठाउँका ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको घटनास्थलमै ज्यान गएको रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसीले बताए।

चालक दिलबहादुर नेपाली र जिपका साहुलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी केसीले जानकारी दिए। 

मृतक पाँच जनाको शव पोष्टमार्टमका लागि रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा राखिएको छ।

रोकेर यात्रु ओरालिरहेको जिप एक्कासी पछि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

अघिल्लो सिटमा बसेकालाई ओरालेर पछाडीका यात्रु झार्ने क्रममा जिप पछि सरेको बताइएको छ।

जिप सडकबाट अन्दाजप १ सय मिटर तल खसेको थियाे।

प्रकाशित मिति: : 2020-11-28 13:29:00

प्रतिकृया दिनुहोस्