बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनु हुन्न: उपाध्यक्ष गौतम

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाका उपाध्यक्ष वामदेव गौतमले बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिन नहुने बताएका छन्।

महासचिव विष्णु पौडेललाई उपाध्यक्ष गौतमले बैठक बस्न हुन्न भन्ने विचारलाई साथ नदिन भनेका छन्।

गौतमले यो कुरा शनिबार बसेको सचिवालय बैठकमा राखेका हुन्। बैठकमा पाँच सचिवालय सदस्यले माग गरे पनि ढिलाइ भएको थियो। 

‘पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरूका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्छ,’ उनले भने।

बैठकको व्यवस्थापन मिलाउन नसक्दा पार्टीमा समस्या देखिएको उपाध्यक्ष गौतमको भनाइ छ।

‘यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो। बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनु हुन्न,’ उनले भने।

गत कात्तिक २८ गते सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै प्रस्ताव पेश गरेका थिए।

शनिबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डले उठाएका सवालबारे जवाफ सचिवालय बैठकमा पेश गरेका छन्।

त्यसअघि नेकपा सचिवालय बैठकका पाँच जना सदस्यले सचिवालय बैठक माग गर्दा अध्यक्ष ओलीले बैठक राखेका थिएनन्।
 

प्रकाशित मिति: : 2020-11-29 11:41:00

प्रतिकृया दिनुहोस्