आज विश्व एड्स दिवस : नेपालमा दैनिक दुईजनाको मृत्यु, हटेन सामाजिक विभेद

आयोमेल

काठमाडौँ
सांकेतिक तस्बिर

पुष्पराज चाैलागाईं

नेपालमा एचआइभी नियन्त्रणका कार्यक्रम सुरु भएको तीन दशक नाघिसकेको छ।

नेपालमा ८० प्रतिशतभन्दा बढी असुरक्षित यौन सम्पर्कबाट एचआइभी संक्रमण सरेको अध्ययनले देखाएको छ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार हालसम्म २९ हजार ५ सय ३ जनामा एचआइभी संक्रमण भएको अनुमान छ।

२३ हजार ६ सय २ जनामा असुरिक्षत यौन सम्पर्कबाट एचआइभी सरेको हो।

केन्द्रले सार्वजनिक गरेको यो तथ्यांकले नेपालमा यौनकर्मीले बिनाकन्डम यौनसम्पर्क गरिरहेका कारण भाइरसको प्रशार भइरहेको निष्कर्ष निकालेको छ।

केन्द्रका निर्देशक डा. सुधा देवकोटाका अनुसार सबैभन्दा बढी एचआइभी संक्रमणमा यौनकर्मी, तेस्रोलिंगी र सुईद्वारा लागूपदार्थ सेवन गर्नेहरू परेका छन्।

‘यौनकर्मी धेरैलाई ग्राहकले नै कन्डम नलगाइ असुरक्षित यौनसम्पर्क राख्न बाध्य बनाएका छन्,’ डा.देवकोटाले भनिन्, ‘सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने र पुरुष समलिंगी यौनकर्मीमा एचआइभी संक्रमण दर अन्य जोखिम समूहभन्दा बढी छ।’

सन् १९८८ मा पहिलो पटक नेपालमा चार यौनकर्मीमा फेला परेको एचआइभीबाट अहिले हरेक दिन सरदर दुईभन्दा बढी संक्रमणमा पर्ने गरेको केन्द्रको तथ्यांक छ।

प्रकाशित मिति: : 2020-12-01 13:06:00

प्रतिकृया दिनुहोस्