चलचित्र नगरी कब्जाको रणनीति : अनमोल केसी र प्रदीप खड्काबीच यो कस्तो लडाइँ ?

लोकान्तर

काठमाडौँ
तस्बिर : लोकान्तर

रामजी ज्ञवाली

पछिल्लो समयका लोकप्रिय युवा स्टार हुन्, अनमोल केसी र प्रदीप खड्का । 

यी दुवै कलाकारको भव्य ‘स्टारडम’ छ । निकै राम्रो ‘फ्यान फ्लोइङ’ छ ।

अर्को संयोग पनि मिल्छ – चलचित्र उद्योगमा यी दुवै कलाकारको आगमन पनि लगभग उस्तै समयमा भएको हो । उनीहरूले चलचित्रमा पाउने भूमिका पनि उस्तै खालको छ ।

‘लभ स्टोरी’ चलचित्रका लागि सबैभन्दा धेरै खोजिने अभिनेताको सूचीमा अनमोल र प्रदीपको नाम अग्रपंक्तिमा आउँछ । उनीहरूका चलचित्र प्रदर्शन हुँदा एकखालको हल्ला हुन्छ । मिडियामा समाचार राम्रै ‘कभरेज’ हुन्छ । चलचित्र हेर्न दर्शकको भीड लाग्छ ।

अर्को संयोग के पनि मिल्छ भने यी दुवै अभिनेतालाई न पाका पुस्ताका दर्शकले चिन्छन्, न बालबालिकाले । उनीहरूलाई चिन्ने र मन पराउने पुस्ता भनेको युवा पुस्ता हो ।

हाल अभिनेता अनमोल केसी ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त छन्, प्रदीप खड्का चलचित्र ‘प्रेम गीत ३’ को छायांकन सकेर चलचित्र ‘हुतुतु’को प्रि–प्रोडक्सनमा व्यस्त छन् । अनमोल यो चलचित्र सक्नासाथ ‘एन्टी हिरो’मा व्यस्त हुनेछन् । उनको लाइनअपमा अर्को चलचित्र ‘पारस’ पनि छ ।

प्रकाशित मिति: : 2020-12-02 20:45:00

प्रतिकृया दिनुहोस्