कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना, बेहुलाबेहुलीसहित १३ जना घाइते

कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते भएका छन्।

बुधबार राति बैतडीको दोगडाकेदारबाट कञ्चनपुरको बेलौरी आउँदै गरेको  सु प प्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर गोदावरी नगरपालिका ४ गाइमारामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा परी कञ्चनपुरको बेलौरी नगरपालिका ३ का २१ वर्षीय दुलहा गोविन्द लुहार र बैतडीको दोगडाकेदार गाउँपालिका की १९ वर्षीया दुलही डम्मरा लावड घाइते भएका छन्।

यता बेलौरीका ३ का वर्ष १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिस लुहार, बैतडीको दोगडाकेदारका ८ का १५ वर्षीय शेर लावड, दोगडाकेदार ६ का २० वर्षीय अर्जुन लुहार घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ बस्ने गोरे लुहार, बेलौरी नगरपालिका ३ का ७ वर्षीय प्रदीप चौधरी, बेलौरीका ३ का २७ वर्षीय निर्मल चौधरी, २५ वर्षीया राधा चौधरी, दोगडाकेदारका ६ बस्ने ५० वर्षीय लक्षी लुहार, पुनर्वास नगरपालिका ३ बस्ने २१ वर्षीय राजु कार्की र चालक वीरबहादुर सार्की घाइते भएको उनले जानकारी दिए।

प्रहरीका अनुसार घाइते १३ जना मध्ये ४ जनाको अवस्था गम्भीर छ। घाइतेहरूको अत्तरियामा रहेको पद्यमा अस्पताल र धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-12-03 11:46:00

प्रतिकृया दिनुहोस्