बीसीसीआईको ८९औं साधारण सभा डिसेम्बर २४ मा, आइपीएलमा एक टिम थपिदैँ

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को ८९औं वार्षिक साधारण सभा डिसेम्बर २४ ताखिरमा हुने भएको छ। 

साधारण सभामा इन्डियन प्रिमियर लिग (आईपीएल) मा दुई नयाँ टिम थप्ने सहित विभिन्न २३ एजेन्डामा छलफल हुनेछ। मुख्य एजेन्डा नै आइपीएलमा नयाँ टिमको टुङ्गो लगाउने रहेकाे छ। 

इन्डियन क्रिकेटर्स एसोसियसनका लागि प्रतिनिधि चयन गर्ने एजेन्डा पनि रहेको छ। 
 
यता साधारण सभाले बोर्डको उपाध्यक्ष चुन्ने छ। 

यसअघि निर्वाचित उपाध्यक्ष महिम बर्माले गतवर्ष राजीनामा दिएपछि सो पदका खालि छ। 

आइपीएलको गभर्निङ काउन्सिलको दुई सदस्यको लागि निर्वाचन गर्ने विषयसमेत रहेको छ।

यसका साथै सन् २०२८ मा लस एञ्जलसमा हुने ओलम्पिकका लागि क्रिकेट समावेश गर्ने विषयमा बीसीसीआईले पहल गर्ने विषयमा पनि छलफल हुनेछ।

प्रकाशित मिति: : 2020-12-03 15:44:00

प्रतिकृया दिनुहोस्