कोरोना खोपविरूद्ध गलत पोस्ट गर्ने व्यक्तिमाथि फेसबुक आक्रामक

बिएल संवाददाता

न्युयाेर्क

फेसबुकले कोरोना खोपको विषयमा सोसल मिडियाबाट आउन थालेको गलत समाचारविरूद्ध कडा अभियान थाल्ने भएको छ। 

उसले बिहीबार एउटा विज्ञप्ती सार्वजनिक गर्दै आफ्नो प्लेटफर्ममार्फत गलत सूचना फैलाउने व्यक्तिमाथि कार्यवाही अगाडी बढाउने बताएको छ। 

उसले गलत सूचना सर्वसाधारणका लागि खतरनाक बन्न सक्ने बताएको छ। त्यसैले उसले सबैको दावीको विषयमा छानवीन गर्ने बताएको छ। 

फेसबुकले सत्य समाचार मात्र सर्वसाधारणको पहुँचमा पुगोस् भनेर अभियान थाल्न लागेको स्पष्ट पारेको छ।

प्रकाशित मिति: : 2020-12-04 11:45:00

प्रतिकृया दिनुहोस्