आजदेखि अन्तर बैंक एटीमएम शुल्क लाग्ने

आजदेखि अन्तर बैंक एटीमएम शुल्क शुल्क तिर्नु पर्ने भएको छ। 

यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो। 

तर उक्त निर्देशन खारेज गर्दै नेपाल राष्ट्र बैंकले अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था लागू गरेकाे हाे।

एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा बैंकहरुले सामान्यतया प्रति कारोबार २५ रुपैयाँ लिने गरेका थिए। 

यद्यपि, केही बैंकहरुले २५ रुपैयाँभन्दा धेरै र केही बैंकले यो भन्दा कममा पनि सेवा दिने गरेका थिए।

प्रकाशित मिति: : 2020-12-04 13:20:00

प्रतिकृया दिनुहोस्