खाना पकाउन सबैभन्दा रमाइलो लाग्छ: नायिका बेरिमोर

चर्चित हलिउड नायिका ड्रियु बेरिमोरलॆ खाना पकाउनु आफ्नो लागि सबैभन्दा रमाइलो काम भएको बताएकी छिन्।

एक दिन पनि स्कुल नगएपनि कुकिङ्ग सम्बन्धी धेरै किताव पढ्ने गरेकाे उनी बताएकी छिन्।

२२ फ्रेबुअरी १९७५ मा कुलभर सिटी, क्यालिफोर्नियामा जन्मेकी नायिका बेरिमोरले चार्लिज एन्जल्स, नेभर बिन किसड, द वेडिङ्ग सिङ्गर, फेबर पिच, मिस यु अलरेडी जस्ता सफल सिनेमाहरुमा अभिनय गरेकी छिन्।

हालसम्म बिल कोपल्म्यान, टम ग्रीन र ग्रेमी थोमससँग विवाह गरेपनि यी तीन वटै विवाह असफल भएका छन्।

हाल ूड्रियु बेरिमोर शोू नामक टेलिभिजन कार्यक्रममा व्यस्त नायिका बेरिमोर विभिन्न प्रकारको काम गर्नमा रुचि राख्छिन्। 

सकारात्मक कथा र सेलिब्रेटी पाहुनासँगको कुराकानीमा आधारित उनको यो कार्यक्रम भारत र दक्षिण एसियाका देशहरुमा जी क्याफे नामक च्यानल ले प्रशारण गर्दछ।

प्रकाशित मिति: : 2020-12-04 21:35:00

प्रतिकृया दिनुहोस्