राजतन्त्र माग गर्दै प्रधानमन्त्रीकाे गृह जिल्लामा बृहत प्रदर्शन (भिडियोसहित)

हिन्दु राज्य र राजसंस्था पुनःस्थापनाको माग राख्दै शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा राजवादीहरूले प्रदर्शन गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राजपा)ले आयोजना गरेको मोटरसाइकल र्‍यालीमा गणतन्त्रविरुद्ध र राजतन्त्रको पक्षमा खुल्ला नाराबाजी लगाइएको थियो।

काँकरभिट्टाबाट अपरान्ह सुरु भएको र्‍यालीमा हजारौं सहभागी भए थिए। सहभागितको दृष्टिले र्‍याली निकै भब्य र विशाल थियो।

र्‍याली विर्तामोड नपुगुञ्जेल पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो। प्रहरीको गाडीले र्‍यालीको अग्रभागमा स्कर्टिङ गरेको थियो।

No description available.

र्‍यालीमा ‘गणतन्त्र मुर्दावाद र राजतन्त्र जिन्दावाद’को नारा लागेको थियो।

सहभागी अधिकांशको मोटरसाइकलमा राष्ट्रि«य झण्डा बाँधिएको थियो भने राप्रपाको आफ्नै झण्डा समेत उल्लेख थियो।

र्‍याली पुछारमा रहेको एउटा गाडीमा पूर्वराजा ज्ञानेन्द्र गद्दीमा बसेको तस्वीरको झाँकीलाई आकर्षक ढंगले सजाइएको थियो। 

प्रदर्शनका क्रममा बिर्तामोडमा भएको कार्यक्रममा राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले शनिबारको प्रदर्शन शुरुवात मात्र भएको चेतावनी दिए।

No description available.

उनले भने, ‘मुलुकमा अहिलेको जुन प्रणाली छ, त्यसले देशलाई निकास दिन सक्दैन। राजसंस्था फिर्ता हुनुपर्छ भन्ने हाम्रो माग हो।’

राजमार्ग किनारमा बसेर रमिता हेरेका सर्वसाधरणहरुलर् र्‍यालीले उत्साहित बनाएको र अर्कोपटकको र्‍यालीमा आफूहरु पनि जाने बताए।

प्रकाशित मिति: : 2020-12-05 17:58:00

प्रतिकृया दिनुहोस्