बार्सिलोना नव प्रवेशी कल्ब क्याडिजसँग स्तब्ध

बिएल संवाददाता

काठमाडाै‌ं

बार्सिलोना स्पेनिस ला लिगामा नव प्रवेशी कल्ब क्याडिजसँग २–१ ले स्तब्ध बनेको छ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा क्याडिजका अल्भारो जिमिनेज र अल्भारो नेग्रेडोले गोल गरे। बार्सिलोनाले एक गोल उपहार पाएको थियो। 

क्याडिजले खेलको नवौं मिनेटमा अल्भारो जिमिनेजको गोलबाट अग्रता लिएको थियो। 

५७औं मिनेटमा पेड्रो एलकालाले आत्मघाती गोल गरेपछि बार्सिलोना खेलमा फर्किएको थियो। 

 ६३औं मिनेटमा क्लेमेन्ट लेङलेट र गोलरक्षक मार्क आन्दर टेर स्टेगनको गल्तीमा अल्भारो नेग्रेडोले गोल गर्दै क्याडिजले पुनः २–१ को जित निकाल्न सफल भयो।

जितसँगै क्याडिज १२ खेलबाट १८ अंक जोड्दै पाँचौ स्थानमा उक्लदा बार्सिलोना १४ अंकसहित सातौ स्थानमा यथावत रहेको छ। 

प्रकाशित मिति: : 2020-12-06 07:16:00

प्रतिकृया दिनुहोस्