गणतन्त्रको विकल्पमा राजतन्त्र नै चाहेका हुन् त युवाले ?

रातोपाटी

काठमाडौँ
Breaknlinks
Breaknlinks

सुदर्शन आचार्य 

देशका विभिन्न भागमा राजतन्त्रका पक्षमा जुलुस निस्कन थालेका छन् । संघीय राजधानी काठमाडौंसहित सातै प्रदेशका राजधानी सहरमा राजतन्त्रको पक्षमा जुलुस निकालेर गणतन्त्रविरुद्धको जनमत प्रदर्शन गर्न थालिएको छ । सडकमा निस्किएका जुलुसमा नवयुवाहरुको सहभागिता उल्लेख्य पाइएको छ । जुलुसको प्रत्यक्ष नेतृत्वमा कोही नदेखिए पनि राप्रपाले राजनीतिक रुपमा त्यस्ता जुलुसमा ऐक्यबद्धतामात्र होइन, सक्रिय सहभागिता नै जनाउन थालेको छ । राजनीतिक विश्लेषकहरु सडकमा अहिले भइरहेका प्रदर्शनलाई व्यवस्थाका विरुद्ध नभइ शासक र दलहरुको असफलताको परिणामका रुपमा व्याख्या गर्दछन् । 

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य अहिले सडकमा देखिएका जुलुसलाई ‘गणतन्त्रको विरुद्ध’ नभइ राजनीतिक दलहरुको रवैयाबाट असन्तुष्ट युवाहरुको मनोभावनाका रुपमा बुझ्नुपर्ने तर्क गर्दछन् । ‘उनीहरुलाई कुन व्यवस्था कस्तो हो भन्नेबारे पनि त्यतिसारो मतलब छैनजस्तो लाग्छ मलाई । केहीको निहीत स्वार्थ हुन सक्छ तर जुलुसमा जाने सबैको त्यस्तो नहोला,’ उनले भने, ‘उनीहरु अहिलेको सरकार, राजनीतिक दलहरुको भूमिकाप्रति असन्तुष्ट हुन सक्छन् । उनीहरुलाई अहिले कुन व्यवस्था छ, अब मुलुक कता जान्छ भन्नेकुराको सरोकार छैन ।’

प्रकाशित मिति: : 2020-12-07 08:40:00

प्रतिकृया दिनुहोस्