ब्याट्सम्यान स्मिथ, अलराउण्डर स्टोक्स र बलर कुमिन्स शीर्ष स्थानमा

बिएल संवाददाता

काठमाडाै‌ं

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा यथावत रहन सफल भएका छन्।

आइसीसीले साेमबार सार्वजनिक गरेको नयाँ वरीयतामा स्मिथ टेस्ट क्रिकेटतर्फ शीर्ष स्थानमा कायम रहेका हुन्।

यता भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई पछि पार्दै न्युजिल्याण्डका कप्तान केन विलियम्सन दोस्रो स्थानमा उक्लिएका छन्।

कोहली तेस्राे स्थानमा छन्।

यता चौंथो र पाँचौं स्थानमा अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने तथा पाकिस्तानका बाबर आजम छन्।

अष्ट्रेलियाका डेभिड वार्नर, भारतका चेतेश्वर पुजारा, इंग्ल्यान्डका बेन स्टोक्स, इंग्ल्यान्डका जोय रुट र न्युजिल्याण्डका टम लाथम छैटौंबाट क्रमशः दशौँ स्थानमा रहेका छन्।

यता अलराउण्डरतर्फ इंग्ल्यान्डका बेन स्टोक्स शीर्ष स्थानमा उक्लिएका छन्।

वेष्ट इन्डिजका जासन होल्डर दोस्रो स्थानमा छन्। रबिन्द्र जडेजा तेस्रो तथा बंगलादेशका शाकिब अल हसन चौंथो स्थानमा छन्।

अष्ट्रेलियाका मिचेल स्टार्क पाँचौ स्थानमा रहेका छन्।

बलिङतर्फ अष्ट्रेलियाका पाट कुमिन्स शीर्ष स्थानमा यथावत रहेका छन्।

न्युजिल्यान्डका निल वाग्नेर दोस्रो तथा इंग्ल्यान्डका स्टुवार्ड बोर्ड तेस्रो स्थानमा छन्।

न्युजिल्याण्डका टिम साउथी चौंथो र दक्षिण अफ्रिकाका कागीसो राबडा पाँचौं स्थानमा छन्।

प्रकाशित मिति: : 2020-12-07 15:54:00

प्रतिकृया दिनुहोस्