मुलुकमा फेरि राजनीतिक समस्या खडा गर्न खोजियाे: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा फेरी राजनीतिक समस्या खडा गर्न खोजिएको बताएका छन्। उनले राजनीतिक स्वार्थबाट देशमा कहिल्यै हित नहुने बताउदै त्यस्ता स्वार्थ पुरा हुन नसक्ने जिकीर गरेका छन्।

 किर्तिपुरका सुन्दरीघाट चोभार स्थित ‘शान्ति सुद्धम्मावासा’ जेष्ठ नागरिक आवास गृहको शिलान्यास गर्दै उनले सत्यभन्दा स्वार्थ बढी भएको र त्यसले कहिल्यैपनि शान्ति कायम गर्न नसक्ने स्पष्ट पारे। 

‘हामी नेपालीहरु बुद्धका अनुयायी हौ, हामीले जहिल्यैपनि स्वार्थी नभै सत्यका पुजारी हुनुपर्छ’, उनले भने। पछिल्लो समय मुलुकमा अशान्ति बढिरहेको तर्फ इंकित गर्दै उनले नेपाली समाज पदभ्रष्ट हुन खोजिएको बताए। 

नेकपा विप्लब समुहले मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठलाई डकैती शैलिमा हत्या गरेको बताउदै त्यस्ता गतिविधि गर्नेलाई  सरकारले कुनै हालतमा माफी नदिने स्पष्ट पारे। 

उनले भने, ‘यस्तै खालको बिकराल कालखण्ड पार गरेर मुलुक यो स्थितिमा आएको छ, अब फेरी त्यतैतिर फर्काउने अवस्था आएको छ। ‘त्यस्ता समुह कमाउने होइन, सम्पती दिएन भने हत्या गर्ने प्रवृतिमा लागेका छन।’

नेपालको पछिल्लो राजनीति अवस्थाप्रति कटाक्ष गर्दै उनले अहिले पंखा चलाएर आधी ल्याउन खोजिरहेकाे बताए। ‘त्यस्तो प्रवृतिलाइए सफल हुन दिन्नौं,’ पार्टीमा देखिएको अन्तरविरोधप्रति लक्षित गर्दै उनले भने, ‘पंखा चलाउदैमा आधि आउदैन, साच्चिकै आधि ल्याउनुपर्छ।’  

उनले नेपाल बुद्धभूमी मात्र नभै बुद्धदर्शनको मुहान भएको बताए। उनले भने, ‘शान्ति, मेलमिलाप र एकताको प्रतिक बुद्धको वाणीबाट नेपाल विश्वमै शान्तिभूमी भएको छ। धर्म , आस्था र भगवानको नाममा घृणा गर्ने कामलाई बन्द गर्नुपर्ने तर्क राख्दै प्रम ओलीले भने, हरेक धर्म शान्ति र मेलमिलापिको निम्ति हुनुपर्छ।’

बुद्ध नेपालमा जन्मेको विषयलाई कुनैपनि मुलुकले अतिरञ्जित गरी प्रचार गर्न नहुने बताउदै प्रम ओलीले भने, ‘अमेरीकाले आफ्ना सबै पाठ्यपुस्तकमा बुद्ध नेपालमा जन्मेको उल्लेख गरिसकेको छ, अन्य मुलुकले बुद्ध अन्य देशमा जन्मेको हो , भन्ने विषय तत्काल सच्याउनुपर्छ।’

  यसअघि अमेरिकाले बुद्ध भारतमा जन्मेको भन्ने विषय पाठ्यपुस्तकमा समावेश गरेको थियो। प्रम ओलीले लुम्बिनीको गुरुयोजना अनुसार दु्रई वर्ष भित्र काम सक्नेगरी तयारी भएको जानकारी गराउदै केही महिनाभित्रै लुम्बिनीमा ५ हजार क्षमताको अ्रन्तराष्ट्रिय ध्यानकेन्द्रको निर्माण सम्पन्न भैसक्ने बताए। 

 जेष्ठ नागरिक भवन निर्माण शुरु गरेकोमा खुसी व्यक्त गर्दै उनले यस्लाई सरकारले पुरा गरेर छाड्ने वचनबद्धता व्यक्त गरे । उनले भने, ‘यस्तो सुन्दर क्षेत्र पहिचान गरेर भवन निर्माण शुरु गर्नुभएको छ , सरकारको तर्फबाट सक्दो सहयोग हुनेछ।’ 

कार्यक्रममा बोल्दै किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले ७ वर्षको अथक प्रयासपछि सो भवन निर्माणमा सार्थकता पाएको बताए। उनले नगरपालिकाले भवन निर्माणमा सहयोग गर्ने बताए।

कार्यक्रममा विहारकी प्रमु्ख एवं परियोजना प्रमुख डा अनुजा गुरुमाले करिब ३० करोड लागतमा निर्माण गर्ने उद्देश्य रहेको भवनमा सबैको सहयोगको याचना गरे ।

उनले विहारले स्वाथ्य, शिक्षा र बौद्ध शिक्षा, छात्रवृति विवरण लगायतयका काम गरिरहेको जानकारी गराए।

 प्रमपत्नि शाक्यद्धारा ५ लाख सहयोग

प्रधानमन्त्री पत्नी राधिका शाक्यले जेष्ठ नागरिक भवन निर्माण गर्न ५ लाख रुपिया सहयोग गरेकी छिन्।

सहयोग कार्यक्रको घोषणा गर्दै प्रधानमन्त्री  ओलीले शिलान्यास कार्यक्रममा सहभागि भएकी पत्नी शाक्यको तर्फबाट ५ लाख रुपैयाँ सहयोग हुने बताएकी हुन्।

‘यो सरकारको तर्फबाट होइन, मेरी श्रीमति राधिका जीको तर्फबाट ५ लाख रुपैयाँ सहयोग गरेका छौं,’ प्रम ओलीले भने।

प्रकाशित मिति: : 2020-12-08 21:38:00

प्रतिकृया दिनुहोस्