युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियाे, पीएसजी अर्काे चरणमा पुग्ने पक्का

बिएल संवाददाता

काठमाडाै‌ं

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ।

घरेलु मैदानमा मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा जर्मन क्लब आरबी लाइप्जिगसँग ३–२ ले पराजित भएसँगै युनाइटेड समूह चरणबाटै बाहिरिएको हो। 

लाइप्जिगको जितमा एन्जेलिनो, एमाडोउ हैडारा र जस्टिन क्लुभर्टले गाल गरे। ब्रुनो फर्नान्डेस र पल पोग्वाले गोल फर्काए।

खेलको दोस्रो मिनेटमा नै मार्सेल सबित्जरको पासमा एन्जेलिनोले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका लिए।

१३औं मिनेटमा एमाडोउ हैडाराले एन्जेलिनोको पासमा गोल गर्दै लाइप्जिगको अग्रता दोब्बर पारे।

६९औं मिनेटमा जस्टिन क्लुभर्टले गाेल गरेपछि लाइप्जिग सहज जिततर्फ अग्रसर बनेको थियो। उनले एमाडोउ हैडाराको पासमा गाेल गरेका थिए।

खेलमा ३–० ले पछि परेपनि युनाइटेडले त्यसपछि लगातार दुई गोल गर्दै खेलमा फर्कने संकेत दिएपनि त्यो पर्याप्त भएन। 

८०औं मिनेटमा मासन ग्रीनवुडलाई पेनाल्टी बक्समा कोनाटले लडाएपछि युनाइटेडले पेनाल्टी पाएकाे थियाे। जसमा ब्रुनो फर्नान्डेस चुकेनन्।

८२औं मिनेटमा पल पोग्वाले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएपनि  युनाइटेड पराजित हुन बाध्य बन्यो।

यो समुह ‘एच’ बाट लाइप्जिगसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी ले नकआउट चरणमा स्थान पक्का गरेकाे छ।

लाइप्जिगले १२ अंक जोड्यो। पराजित युनाइटेडले ९ अंक जोड्यो। यही समूहको अर्काे खेल पीएसजी र इस्तानबुल बेसाकसेहिरबीचको खेल भने जातीय दुर्व्यहार भएको भन्दै १५ मिनेटपछि नै स्थगित हुन पुगेको थियो।

प्रकाशित मिति: : 2020-12-09 07:45:00

प्रतिकृया दिनुहोस्