यस कारण बासमती धान-चामल हाम्रो पनि हो

सेतोपाटी

काठमाडौँ

 

आर.पी. मैनाली

अस्ति मात्र यही अनलाइनमा बासमती चामल एकलौटी पार्ने भारतको प्रयास, के नेपालले विरोध गर्ला समाचार पढेपछि मन खिन्न भयो।

भारतको तर्फबाट युरोपियन युनियन (इयु) मा बासमती धान-चामलमाथि एकाधिकार माग गर्दै भौगोलिक संकेत अर्थात् जिआइ दाबी गर्दै निवेदन दिएको र अरू कसैले दाबी-बिरोध गर्ने समयको अन्तिम हप्ताको अन्तिम दिनमा हामी छौं।

आफू नेपाल कृषि अनुसन्धान क्षेत्रमा रहेर विगत झन्डै एक दशकदेखि कार्यरत रही हाल नेपाल जीन बैंकमा विभिन्न रैथाने बालीमा अध्ययन-अनुसन्धान गरिरहेकाले पनि यस विषयमा चासो राख्नु स्वाभाविक हो।

त्यसमाथि आफूले पछिल्लो समय नेपालको पहाडी भूभागमा पाइने बासमती लगायत बासनादार धानहरूमा भएका गुणको अनुसन्धान सुरू गरेको र तराइ क्षेत्रमा हुने बासमती धानहरूको अनुसन्धान नजिकबाट हेरिरहेका नाताले पनि यो विषयमा थप चासो रह्यो।

बासमती धान वा चामलको एकाधिकार बजारका लागि भारतले इयुमा निवेदन दिएसँगै त्यस विषयमा नेपाल सरकारले प्रतिक्रिया दिँदा वा दाबी-विरोध गर्दा नेपाल र बासमती धानबीचको सम्बन्ध बुझ्न जरूरी छ। बासमती धान-चामल हाम्रो अर्थात नेपालको पनि सम्पत्ती हो भन्ने कुराको तथ्य र प्रमाण राख्न आवश्यक छ।

प्रकाशित मिति: : 2020-12-09 12:21:00

प्रतिकृया दिनुहोस्