भाजपा विदेश विभागका इन्चार्ज नेपाल भ्रमणमा, प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट

बिएल संवाददाता

काठमाडाै‌ं

 सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभागका इन्चार्ज डा विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन्।

भाजपाका नेता चौथाइवा नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा आएका हुन्।

नेपाल उत्रिएलगत्तै उनले अर्थमन्त्री पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

‘महासचिवको निमन्त्रणामा नेपाल आउनु भएको हो, त्यो अवसरमा प्रधानमन्त्रीलाई पनि भेट गर्नुभएको हो,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले भने।

उनले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने र जनस्तरसम्मको हाम्रो सम्बन्धलाई के कसरी थप सुमधुर बनाउन सकिन्छ भन्ने विषयमै कुराकानी भएको समेत बताए। 

केही दिन अगाडी भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए।

त्यसपछि भारतीय विदेश सचिव हर्षबर्द्धन शृंगलाले नेपालको भ्रमण गरेका थिए।

केही सातापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमण जानेछन्।

प्रकाशित मिति: : 2020-12-10 14:44:00

प्रतिकृया दिनुहोस्