ड्रग्स मुद्धामा सलमानका भाई अरबाजसँग सोधपुछ हुनसक्ने

बलिउडमा व्याप्त ड्रग्स कारोबारको खोजी गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सलमान खानका भाई अरबाजसँग पनि सोधपुछ गर्ने सम्भावना बढेको छ। 

बिहीबार एनसीबीले अरबाज खानको प्रोडक्सन हाउससँग जोडिएका मेकअप डिभिजनका प्रमुख सुरज गोदाम्बेलाई ११ ग्राम कोकिनसहित पक्राउ गरेको थियो। उनी वरुण शर्माको हेयर स्टाइलिस्ट पनि हुन्। 

एनसीबीका क्षेत्रीय निर्देशक समीर वाङ्खडेको नेतृत्वमा खटिएको टिमले ओशिवारास्थित मिरा टावर नजिक दुई जनालाई पक्राउ गरेको हो। 

उनीहरुबाट एउटा अटो रिक्सा र ड्रग्सबाट भएको आम्दानी ५६ हजार पनि बरामद भएको थियो। 

नाइजेरियन सिण्डिकेटबाट सामान सप्लाई गरिरहेका लालचन्द्र यादवममार्फत सुरज गोदाम्बेले कोकिन खरिद गरेको अवस्थामा एनसीबीले समातेको थियो। 

सुरजलाई १६ डिसेम्बरसम्म जेलमा राखिनेछ।

प्रकाशित मिति: : 2020-12-11 09:43:00

प्रतिकृया दिनुहोस्