‘नो टाइम टू डाई’मा डेनियल क्रेग सामाजिक हिराेकाे राेलमा

आउँदो वर्ष रिलिज हुने जेम्स बोण्ड सिरिजको सिनेमा ‘नो टाइम टू डाई’मा नायक डेनियल क्रेग मानवतालाई कोरोना जस्तो जैविक महामारीबाट बचाउँदै गरेको देखिने छन्।

डेली मेलका अनुसार उनको नायिकाको अभिनय फ्रेन्च नायिका ली सेडक्स ले गर्ने छिन्। 

सम्पूर्ण सुटिङ दक्षिण इटलीको सुन्दर स्थानहरुमा गरिएको यो सिनेमामा ५ वर्षीय बाल कलाकार लिसा डोरा सनले पनि अभिनय गरेकी छिन्।

रोमान्चकारी एक्सन दृश्य र नायिकाको नग्न दृश्यले दर्शकबीच आकर्षणको कारण रहेको जेम्स बोण्ड सिरिजको सिनेमा लामो समयदेखि चर्चामा रहँदै आएका छन्। 

२ मार्च १९६८ को दिन बेलायतको चेस्टरमा जन्मेका नायक क्रेग अभिनित अन्य सिनेमाहरुमा स्काई फल, कसिनो रोयल, गोल्डेन आइ, लोगन लक्की, म्युनिख, ड्रिम हाउस आदि छन्। 

उनको रिलिज हुने अन्य सिनेमामा द क्रिड अफ भ्वाइलेन्स रहेका छन्।

प्रकाशित मिति: : 2020-12-11 16:17:00

प्रतिकृया दिनुहोस्