‘फ्याट म्यान’मा निभाएकाे चरित्र बिशेष लाग्छ: नायक मेल गिब्सन

नायक मेल गिब्सनले गतवर्ष रिलिज भएको कमेडी सिनेमा ‘फ्याट म्यान’मा आफूले अभिनय गरेको अपरम्परागत सन्ता कल्जको चरित्रप्रति बिशेष लगाब भएको बताएका छन्।

उनी भन्छन् ‘यो चरित्र समाजको एउटा ‘डार्क साइड’हो जसलाई सबैले स्वीकार गर्न सक्दैनन्।’

यो सिनेमा को पटकथा र सहकलाकार मैरिएन जिन–बैप्टिस्टको अभिनयबाट आफू चकित भएको बताउँदै नायक गिब्सनले शुटिङको समय आफूले खाना पकाएको पनि स्मरण गरे।

 ३ जनवरी १९५६ मा न्युयोर्कमा जन्मेका नायक गिब्सनले आफ्नो अभिनयले लामो समयदेखि दर्शकको मन मस्तिष्कहरुमा एउटा बेग्लै छाप छोड्न सफल छन्।

उनले अभिनय गरेका केही सिनेमाहरुमा फोर्स अफ नेचर, ब्लड फादर, पापाराजी, पे ब्याक आदि छन्।

उनको यो बर्ष बोस लेभल र लास्ट लुक नामको सिनेमा रिलिज हुनेछ।

प्रकाशित मिति: : 2020-12-11 16:59:00

प्रतिकृया दिनुहोस्