हिटलरको गोहीको अवशेष अब मस्कोस्थित डार्विन संग्रहालयमा राखिने

विश्व चर्चित जर्मन तानाशाह हिटलरको गोहीको अवशेष मस्कोको ऐतिहासिक डार्विन संग्रहालयमा राखिने भएको छ।

यो गोही दोस्रो विश्व युद्धपछि जर्मनीमा फेला परेको थियो।

यसको नाम सेटर्न हो। गत मेमा ८४ वर्षको उमेरमा यसको निधन भएको थियो। 

दोस्रो विश्व युद्धताका बेलायती सेनाले जर्मनीको बर्लिनमा यो गोही फेला पारेका थिए।

बेलायती सेनाले नै पछि यसलाई रुसी सेनाको जिम्मा लगाएका थिए।

सन् १९४६ मा रुसी सेनाले यसलाई मस्को पुर्‍याएका थिए। 

मस्कोको चिडियाखानामा ६० वर्ष बिताएको यो गोहीलाई हेर्न मानिसको भिड लाग्ने गर्दथ्यो।

गत मेमा सेटर्नको निधन भएपछि यसको छाला डार्विन संग्रहालयलाई सुम्पिएको थियो।

यहाँका विशेषज्ञले मरिसकेको हिटलरको गोहीलाई जीवन्त देखाउन काम गरिरहेका थिए। 

कोरोना महामारीको अवस्था सामान्य भएपछि संग्रहालय खुल्दा सर्वसाधारणले यसलाई सहजै हेर्नसक्ने छन्। 

जर्मनीमा नाजीको शाषनकाल हुँदा सेटर्न वर्लिनको चिडियाखानामा थियो।

हिटलरले थुप्रै जनावर पालेका थिए, त्यसमा सेटर्न पनि थियो।

रुसी लेखक बोरिस एकुनिनले पनि यस कुराको पुष्टी गरेका छन्। 

मस्को चिडियाखानाका अधिकारी दिमित्री वेसेलिएभले हालै स्थानीय पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘यसको कुनै शंका थिएन, यो गोही हिटलरको मनपर्दो जनावरको कलेक्सनमा थियो।’

सेटर्नको जन्म १९३६ मा मिसिसीपीको जंगलमा भएको थियो।

यसलाई समातेर वर्लिनको चिडियाघरमा ल्याइएको हो।

१९४३ मा वर्लिनमा बम बिस्फोट हुँदा यो गोही एकाएक गायब भएको थियो।

तीन वर्षपछि बेलायती सेनाले यसलाई खोजेर निकालेका थिए।
 

प्रकाशित मिति: : 2020-12-12 21:59:00

प्रतिकृया दिनुहोस्