फुटबल टोलीकाे प्रशिक्षण सुरु, एकजनालाई कोरोना संक्रमण (तस्वीरहरु)

बिएल संवाददाता

काठमाडाै‌ं

 राष्ट्रिय फुटबल टोलीका लागि नियमित बन्द प्रशिक्षण फर्किएका छन्।

 अखिल नेपाल फुटबल संघ(एन्फा)ले आइतबारदेखि सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा प्रशिक्षण शुरु गरेको हो।

 प्रशिक्षणका लागि ५८ जना खेलाडीलाई बोलाए पनि पहिलो दिन ५५ खेलाडी मात्रै सहभागी थिए।

कप्तान किरणकुमार चेम्जोङ व्यावशायीक फुटबल खेल्न भारतमा छन्।

एकजना खेलाडी घाइते भएको र अर्का एकजना खेलाडीलाई कोरोना संक्रमण देखिएकाले ५५ जना मात्रै उपस्थित भएको राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए।

मुख्य प्रशिक्षक योहान कालिनले राजिनामा दिएपछि टोलीको कार्यबहाक मुख्य प्रशिक्षकको भूमिकामा बाल गोपाल महर्जन छन्। प्रशिक्षण दैनिक बिहान ९ देखि ११ र दिउँसो २ बजेदेखि ४ बजेसम्म हुने छ।  

नेपालले आगामी मार्चदेखि विश्वकप फुटबल २०२२ को एसियाली छनोटका बाँकी खेलहरु खेल्दै छ। 

नेपालले दोस्रो चरणमा अब तीन खेल खेल्न बाँकी छ। तीनवटै खेल नेपालले घरेलु मैदानमा खेल्ने छ। 

अस्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनसँग नेपालले खेल्ने छ। पाँच टोली रहेको समूहमा नेपालले पाँच खेल खेल्दा केवल एक जित हात पारेको छ।

प्रकाशित मिति: : 2020-12-13 13:07:00

प्रतिकृया दिनुहोस्