मार्बल स्टुडियोको बहुचर्चित ‘थोर’ सिरिजको नयाँ सिनेमा ‘थोरः लब एण्ड थण्डर’को खलनायक (गौर द गड बुच्चर)को भूमिकाको लागि ओस्कार पुरस्कार बिजेता अभिनेता क्रिश्चियन बेललाई लिने घोषणा गरेको छ।
यो सिनेमामा पनि पुरानै चरित्रहरू जस्तै थोर, जेन फोस्टर, वेलकरी आदि हुनेछन्, जुन चरित्रमा क्रिस हेम्सवर्थ, नेटली पोर्टमैन र टैसा थाँम्सनले अभिनय गर्ने छन्।
टाइका बाइटीटीको निर्देशन रहने यो सिनेमा बर्षौदेखि बालबालिकाहरुको बीच प्रिय रहेको छ।
३० जनवरी १९७४ को दिन बेलायतमा जन्मेका बेलद्वारा अभिनित अन्य सिनेमाहरुमा द डार्क नाइट, अमेरिकन साइको, लिटल वुमन, द टर्मिनेटर आदि रहेका छन्।
हाल धमाधम सुटिङ भइरहेको यो सिनेमा सन् २०२२ मा रिलिज हुनेछ।