अमेरिकामा यो साता तीन करोड नागरिकलाई मात्रै काेराेना खोप लगाइने

Creator: JOHN MANIACI/UW HEALTH  |  Credit: via REUTERS
Creator: JOHN MANIACI/UW HEALTH | Credit: via REUTERS

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा आज (सोमबार) देखि कोरोनाविरुद्ध खोप लगाउन सुरु गरिने भएकाे छ।

विश्व स्वास्थ्य संगठनले आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको फाइजर बायोएनटेक खोप अमेरिकामा पनि सर्वसाधारणलाई लगाउन थालिएको हो।

खोप लगाउनका लागि आइतबारदेखि ढुवानी सुरु गरिएको स्थानिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

यो खोप ७० डिग्री सेल्सीयसको तापक्रमसहितको विषेश अवस्थामा मात्रै राख्न सकिने स्वास्थ्यकर्मीहरूले बताएका छन्।

यो खोप लगाउन सबैभन्दा पहिला बेलायतले अनुमति दिइएको थियो। त्यसपछि बहराइन, क्यानडा, साउदी अरबलगायतका देशले पनि आफ्ना नागरिकहरुलाई लगाउन अनुमति दिएकाे थियाे।

अमेरिकामा यो साता तीन करोड मात्रा खोप सबै राज्यहरूमा पठाइने छ। उक्त खाेप अत्यावश्यक परेका सबैलाई उपलब्ध गराइने छ।  

केही समय कम देखिएको मृतकको संख्या अमेरिकामा पछिल्ला केही दिनदेखि फेरी बढ्दै गइरहेको छ। मृतक र संक्रमितहरूको संख्यामा अत्यधिक वृद्धि भएपछि अमेरिकाले गत शनिबार यो खोप प्रयोगमा ल्याउने निर्णय गरेको थियो।

पहिलो दिन सोमबार १४५ स्थानमा खोप प्राप्त हुनेछ भने मंगलबार ४२५ स्थानमा र बुधबार ६६ स्थानमा खोप दिइने छ। पहिलो चरणको वितरण सकिएपछि केही दिनमै दोस्रो चरणको वितरण पनि सुरु गरिने अधिकारीहरुले जनाएका छन्।

प्रकाशित मिति: : 2020-12-14 07:44:00

प्रतिकृया दिनुहोस्