बिर्सिएको त्यो ब्रुनाई विद्रोह

हिमाल खबर

काठमाडौँ
Breaknlinks
Breaknlinks

रामनारायण कन्दङ्वा
सन् १९९६ सेप्टेम्बरको एक साँझ। बेलायती र ब्रुनाईका सैनिक अफिसरहरुद्धारा सताइएका हामी केही गोर्खा सैनिकहरु आफ्ना समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भनेर सैन्यशिविरमै छलफलका लागि भेला भएका थियौं। 

हामी थियौं, पुरञ्जन राई, गजेन्द इस्बो, नरेन राई र म। हामीलाई उचित तलब, पेन्सन नदिइएको, निःशुल्क खाना पनि उपलब्ध नगराइएको र थप दुर्व्यवहार पनि गरिएको हाम्रो गुनासो थियो। 

ब्रुनाईमा खटाइने सुरक्षा अधिकारीहरुलाई बेलायती सेनाले नभई नेपाल र ब्रुनाईबीचको छुट्टै सन्धीद्धारा नियमन गरिनुपर्ने आवश्यकता पनि हामीले महशुस गर्‍यौं। 

छलफलपछि हामीले एउटा आन्दोलन सञ्चालक समिति र उपसमितिहरु पनि गठन ग¥यौं। यो हाम्रो अभियानमा ब्रुनाईमा कार्यरत् २५०० गोर्खा सैनिकमध्ये करिब २४०० जनाले लिखित सहमति समेत व्यक्त गरे। 

आफ्ना समस्याका लागि हामीले आफूभन्दा माथिल्ला अधिकारीहरु वार्ता थाल्यौ र केही वरिष्ठ अफिसरहरुलाई बहिष्कार गर्ने रणनीति अपनायौं। हाम्रो एउटा माग १६ वर्ष पुरानो गोर्खा रिजर्भ युनिट (जीआरयू) लाई विघटन गरी सेक्युरिटी गार्डमा परिवर्तन गर्नु थियो। हामीले त्यसका लागि लिखित ध्यानाकर्षण पनि गरायौं तर महीनौं बितिसक्दा पनि कुनै उपलब्धि हात लागेन। 
 

प्रकाशित मिति: : 2020-12-15 06:32:00

प्रतिकृया दिनुहोस्