किन भीमबहादुरले एक्लै २५ बर्षदेखि डाँडो काटिरहेका छन्?

बिबिसी

काठमाडाै‌ं

अग्लो ठाउँमा शिव मन्दिर बनाएर आफ्नो गाउँलाई धार्मिक पर्यटकीय स्थलका रूपमा चिनाउन झण्डै १५-२० मीटर अग्लो डाँडो काटेर मैदान बनाएको भीमबहादुर शाही बताउँछन्।

२०५२ सालदेखि निरन्तर रूपमा डाँडो काटेर मैदान बनाएका उनले चौरतिर पर्खाल, शिव मन्दिर बनाउने ठाउँसम्म पुग्ने सिँढी, शिव लिङ्ग, शिवजीको वाहनको मूर्ति, होमकुण्ड, तुलसीको मठ निर्माण गरेका छन्।

आर्थिक अभावले गर्दा शिव मन्दिर भने अझै बनाउन नसकेको उनले बताए।

भारतीय सेनाबाट अवकाश पाएपछि डाँडो काट्न सुरु गरेका उनी भन्छन्, "शिव भगवान अग्लो ठाउँमा बस्ने भएकोले शिव मन्दिर बनाउन थालेको हुँ।"सुर्खेत-दैलेख सडक खण्डको गुराँसेबाट तीन किलोमिटर दक्षिण सतुवाचौरको डाँडोमा शिव मन्दिर बनाउँदा दैलेखका प्रसिद्ध धार्मिकस्थल दर्शन गरेर फर्किनेलाई आकर्षित गर्न सकिने उनी ठान्छन्।

प्रकाशित मिति: : 2020-12-15 08:40:00

प्रतिकृया दिनुहोस्