अन्त:शुल्क स्टिकर छपाइ : नेपाली छपाइ कम्पनीको योग्यता नै नरहेको सरकारको जवाफ

नेपाल लाइभ

काठमाडौँ

सविन मिश्र

आन्तरिक राजस्व विभागले छपाइसम्बन्धी काम गर्ने नेपाली कम्पनीको योग्यता नभएका कारण अन्त:शुल्क स्टिकरको छपाइका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाकै बाटो रोज्नुपरेको जनाएको छ। विभागका महानिर्देशक विनोदबहादुर कुँवरले नेपाली कम्पनीको योग्यता नै नभएकाले सकारात्मक विभेद गर्न नसकिएको जवाफ सर्वोच्चलाई दिएका छन्। 

महानिर्देशक कुँवरले आफ्नो जवाफमा विभागले गठन गरेको कार्यटोलीले नेपाली छपाइ उद्योगको कानुनी, प्राविधिक र आर्थिक पक्षको अध्ययन गरेको र त्यसबाट नेपाली उद्योगीको क्षमता नपुग्ने ठहर भएको उल्लेख गरेका छन्। यद्यपि विभागकी उपमहानिर्देशक शिवादेवी दाहाल संयोजकत्वको कार्यटोलीले नेपाली उद्योगीको प्राविधिक क्षमता रहेको प्रतिवेदन दिएको थियो। 

विभागको इमेलमा प्राप्त विवरणअनुसार स्प्रिन्ट प्रिन्टर्सको वार्षिक कारोबार २१ करोड रूपैयाँ र मिराज प्रिन्टिङ सोलुसन्सको वार्षिक कारोबार ५ करोड रूपैयाँ मात्रै रहेको कुँवरको जवाफमा उल्लेख छ। स्प्रिन्ट र मिराजले नै यो खरिद रोक्न माग गर्दै रिट दायर गरेका थिए। यही रिटको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले अन्तरकालीन अन्तरिम आदेश दिएको थियो

प्रकाशित मिति: : 2020-12-16 11:27:00

प्रतिकृया दिनुहोस्