पहिलो टेस्टका लागि भारतको टिम घोषणा, मयंक र पृथ्वी ओपनर

एडिलेटमा भोलिदेखि सुरु हुने अस्ट्रेलियाविरूद्ध टेस्ट शृंखलाअन्तर्गत पहिलो टेस्टका लागि भारतले आफ्नो टिम घोषणा गरेको छ।

मंगलबार घोषणा गरिएको टिममा मयंक अग्रवाल र पृथ्वी शाले ब्याटिङको आरम्भ गर्नेछन्। इशान्त शर्माको अनुपस्थितिमा उमेश यादवलाई तेस्रो तीब्र बलरको रूपमा टोलीमा स्थान दिइएको छ। 

टोलीमा चार विशेषज्ञ बलर छन्, जसमा मोहम्मद समी, जसप्रीत बुमराह, उमेश र रविचन्द्रन अश्विनको पनि नाम छ। अश्विन एक मात्र स्पिनर हुन्।

उनलाई अलराउण्डर हनुमा बिहारीले पनि सहयोग गर्नेछन्।

मध्यक्रममा चेतेश्वर पुजारा, कप्तान विराट कोहली र अजिंक्य रहाणे रहेका छन्। हनुमा छैटौं र ऋद्धिमान साहा सातौं नम्बरमा ब्याटिङमा उत्रिने छन्।

प्रकाशित मिति: : 2020-12-16 16:53:00

प्रतिकृया दिनुहोस्