मुवा: १०५ वर्षीया कोभिड विजेता

हिमाल खबर

काठमाडौँ
Breaknlinks
Breaknlinks

हामीले घरेलु उपचार मज्जाले गर्यौँ। बाफ लिने, बेसार पानी खाने, बेसार मह र अदुवाको रस चाट्ने, सब गरायौँ। अनि खोकीको अरू औषधी पनि दियौँ। कोरोनाभाइरसको कमाल होला भन्ने त मेरो मनमै उब्जेन। मुख्यत: मेरो लघु बुझाइमा कोरोना संक्रमण हुँदा चर्को  ज्वरो आउँछ भन्ने थियो, जुन लक्षण मुवामा थिएन। मुवाको खोकी तेस्रो दिन देखि कम भयो। कफ आउन थाल्यो। बाफ दिँदै छातीमा ढ्यापढ्याप गर्दै अरू कफ निकाल्न लागि पर्‍यौँ।  

रूपा जोशी
भाइटीकाको एक दिनअघि मलाई ज्वरो आयो। अलग्गै बसेँ, तर पिसिआर जाँच गर्न भाइटीकाको भोलिपल्ट मात्र मिल्यो। त्यै दिन फेरि मेरो श्रीमानलाई पनि ज्वरो आयो। २४ घन्टामा मेरो रिपोर्ट आयो। पोजिटिभ! अर्कोदिन बाँकी सबै सात जनाको रिपोर्ट आयो, पोजिटिभ! मुवाको पनि रिपोर्ट पोजिटिभ। मुवाका दुवै हेरालूहरू पनि पोजिटिभ। अरू सहयोगी पनि पोजिटिभ। श्रीमान पनि पोजिटिभ।

ओहो! पीरमाथि पीर।

हामी धेरै जोगिएर बसेका थियौँ। मुवालाई कोरोनाबाट जोगाउन अनेकौँ सावधानी अपनाएका थियौँ। मुवालाई पनि पोजिटिभ देखिएपछि मनमा चिसो पसेको थियो।  तर, सबै जना पोजिटिभ हुँदा एकआपसमा घुलमिल गर्न सकिने भएकोले एक किसिमको हलुकापन भने महसूस भयो। किनकी अघिल्लो दिनसम्म को को पोजिटिभ हुने हो र क-कसलाई कता कता आइसोलेशनमा राख्ने होला भन्ने चिन्ता थियो। 
 

 

प्रकाशित मिति: : 2020-12-17 08:52:00

प्रतिकृया दिनुहोस्