अमेरिकी उपराष्ट्रपति पेन्सले लगाए कोरोना खोप

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

अमेरिकी नागरिकहरुमा खोपको सुरक्षा र प्रभावकारितालाई लिएर विश्वास बढाउने उद्देश्यले पेन्सले टेलिभिजनमा लाइभ गरेर खोप लगाएका हुन्।

ह्वाइट हाउसमा भएको कार्यक्रममा पेन्सीकी श्रीमती तथा सर्जन जनरल जेरोमी एडम्सले पनि खोप लगाए।

पेन्सले दर्शक तथा डाक्टरलाई खोप लगाउँदा आफूलाई कुनै पनि किसिमको नकारात्मक असर नपरेको बताए।

गएको सोमबारदेखि अमेरिकामा फाइजर–बायोएनटेकको खोप लगाउन सुरु गरिएको हो । खाेप सबै ५० राज्यहरुमा पहिलो चरणमा ३० लाख वितरण गरिएको छ ।

याे खाेपको प्रभावकारिता ९५ प्रतिशत छ।

यता मोर्देनाले विकास गरेको खोपलाई पनि आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरिएकाे छ। 

विज्ञहरुको बोर्डले सो खोप सुरक्षित तथा प्रभावकरी रहेको भन्दै स्वीकृति प्रदान गरेकाे हाे।

 

प्रकाशित मिति: : 2020-12-19 07:20:00

प्रतिकृया दिनुहोस्