महान खेलाडी पेलेकाे रेकर्डसँग मेसीकाे बराबरी

बिएल संवाददाता

काठमाडाै‌ं

बार्सिलोनाका कप्तान लिओनल मेसीले महान खेलाडी पेलेसँगको रेकर्ड बराबरी गरेका छन्। 

स्पेनिस लिगा लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा मेसीले पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै रेकर्ड बराबरी गरेका हुन्।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २–२ को बराबरीमा रोकियो ।

खेलको २९ औं मिनेटमा भ्यालेन्सियाले मुक्टर डियाखाबीले गोल गर्दै अग्रता दिलाएका थिए । 

 तर मेस्सीले पहिलो हाफको इन्ज्युरी समयमा खेल बराबरीमा ल्याए ।

भ्यालेन्सियाका कप्तान जोसे गायाले एन्टोइन ग्रिजमनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए । 

योसँगै मेसीले बराबरी गोल गर्दै विश्व फुटबलका महान हस्ती पेलेसँग कीर्तिमान बराबरी पनि गरे । उनले पेलेले सान्तोसका लागि खेल्दै एकै क्लबका लागि गरेको ६ सय ४३ गोलको कीर्तिमान बराबर गरेका हुन् । 

दोस्रो हाफमा बार्सिलोनाले ५३ औं मिनेटमा नै अग्रता लियो। रोनाल्ड अराउजोले गोल गर्दै बार्सिलोनालाई अघि बढाएका थिए । ६९ औं मिनेटमा भ्यालेन्सिया पुनः खेलमा फर्कियो । म्याक्सी गोमेजले गायाको क्रसलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीसँगै बार्सिलोनाले १३ खेलमा २१ अंक जोड्दै पाँचौ स्थानमा यथावत रहेको छ । भ्यालेन्सिया भने १४ खेलमा १४ अंकसहित १२ औं स्थानमा छ।

प्रकाशित मिति: : 2020-12-20 07:36:00

प्रतिकृया दिनुहोस्