संसद् विघटनको प्रस्ताव फिर्ता लिन आग्रह गर्ने खुमलटार बैठकको निर्णय, बालुवाटार पुगे प्रचण्ड

बिएल संवाददाता

काठमाडाै‌ं

संसद विघटनको प्रस्ताव फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्न नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । 

 केहीबेरअघि प्रचण्ड बालुवाटार प्रवेश गरेका छन् ।

प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने निर्णय गरेपछि उनी बालुवाटार पुगेका हुन्।

बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाल नारायणकाजी श्रेष्ठ लगायत का नेताहरु सहभागी थिए । 
 

प्रकाशित मिति: : 2020-12-20 13:20:00

प्रतिकृया दिनुहोस्