ओलीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने मन्त्रीहरूले राजीनामा दिँदै

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । 

संसद् सचिवालय स्रोतका अनुसार आइतबार साढे १० बजेपछि अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
 
बिहानै भीम रावल र पम्फा भुसाललगायतले अविश्वासको प्रस्ताव दर्ता गरेकाे संसद् सचिवालय स्रोतले जनाएकाे छ।

 अविश्वासको प्रस्तावमा केही मन्त्रीहरूले पनि नाम लेखाएका छन् । अविश्वासको प्रस्तावमा नाम लेखाएका मन्त्रीले राजीनामा दिन लागेका छन् । 

यसअघि राष्ट्रपतिसमक्ष विशेष अधिवेशन आह्वान गर्दै दर्ता गराउन खोजेकोमा नमान्दा उक्त प्रस्तावलाई अविश्वासमा रुपान्तरण गरिएको दाहाल-नेपाल समूहको दाबी छ । 

प्रकाशित मिति: : 2020-12-20 16:13:00

प्रतिकृया दिनुहोस्