५५ वर्ष पुरानो पाँचतारे होटल अन्नपूर्ण बन्द

बिएल संवाददाता

काठमाडाै‌ं

 ५५ वर्ष पूरानो पाँचतारे स्तरको होटल अन्नपूर्ण बन्द भएको छ।

कोराेना भाइरसकाे महामारीसँगै होटल क्षेत्रमा आएको मन्दीका कारण सञ्चालन खर्च धान्न नसक्ने अवस्था आएपछि हाेटेल बन्द गरिएकाे हाे। 

सन् २०२१ भरका लागि होटल बन्द गर्ने निर्णय गरिएकाे होटलकी कार्यकारी अध्यक्ष सिर्जना राणाले जानकारी दिएकी छिन्।

उनले आउँदो वर्ष समेत विदेशी पर्यटक उल्लेख्य रुपमा आउने सम्भावना नदेखिएका कारण तत्कालका लागि होटल नखोल्ने निर्णय गरेको बताइन्। 

होटल अन्नपूर्ण सन् १९६५ देखि सञ्चालनमा आएको हो। काठमाडौंको मुटु दरबारमार्गको ५.५ एकड क्षेत्रफलमा फैलिएको यस होटलमा ३ सय ५० भन्दा बढी कर्मचारी छन्। 

तत्कालिन राजा स्वर्गीय विरेन्द्र शाहको समेत लगानी रहेको सो होटल उनको निधन पछि शाहको स्वामित्वमा रहेको सम्पती नेपाल सरकारको नाममा आएको थियो। सोही अनुरुप नेपाल ट्रस्टको समेत लगानी रहेको सो होटलमा गोरख राणा, कुमार गोरख, राजेन्द्र खेतान लगायतको लगानी गरहेको छ।

व्यवस्थापनले होटल अन्पूर्ण बन्द गरे त्यहाँको भौतिक संरचना भाडामा दिने भएको छ। देशकै सबैभन्दा बढी चहलपह हुने दरबारमार्गमा रहेको करिव ४० रोपानी जग्गा तथा सोही अनुरुपमा भौतिक संरचना रहेकाले होटल बन्द भएपश्चात व्यवसायीक प्रयोजनका लागि भाडामा लगाउने तयारी भैरहेको समेत उक्त स्रोतले जानकारी दिएको छ।

 

प्रकाशित मिति: : 2020-12-20 21:49:00

प्रतिकृया दिनुहोस्