मध्यावधि निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीकाे आहृवान

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन्।

संसद विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचान घोषणा गरेको भोलिपल्ट सोमबार दिउँसो देशवासीलाई सम्बोधन गर्दै उनले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका हुन्।

सम्बाेधनमा ओलीले संसद विघटनको निर्णय आकस्मिक नभएको बताए। उनले सरकारलाई काम गर्न नदिने खेल भएपछि नयाँ जनादेशको निर्णय लिएको बताए। 

‘जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दी गरिएपछि आफ्ना सामु जनतासामु जानु बाहेकको अर्को विकल्प भएन। जसअनुसार हिजो प्रतिनिधिसभाको विघटन गरेर वैशाखमा निर्वाचन गर्ने तय भएको हाे’, प्रधमानमन्त्री ओलीले भने।  

प्रकाशित मिति: : 2020-12-21 15:43:00

प्रतिकृया दिनुहोस्