ओली पक्षले पनि बोलायाे केन्द्रीय कमिटी बैठक

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। 

उनले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

यसअघि नेकपाको आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे बस्ने तयारी गरेकाे थियाे।

प्रचण्ड–नेपाल समूहले बबरमहलको कार्की ब्याङ्केटमा बैठक बोलाएका छन्।

बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो। तर उक्त बैठक बस्नुअघि नै ओलीले पनि बैठक बोलाएका हुन्।
 

प्रकाशित मिति: : 2020-12-21 16:06:00

प्रतिकृया दिनुहोस्