एलिसियाकाे प्रस्ताव: मलाई सिनेमा खेलाउन छाेराेलाई पनि खेलाउनुपर्छ

नायिका एलिसिया सिल्भरस्टोनले आफूलाई नयाँ सिनेमामा अनुबन्ध गर्दा उनको नौ वर्षको छोरा बियरलाई पनि अनुबन्ध गर्नु पर्ने सर्तको रहस्यको खुलासा गरेकी छिन्।

 कोरोना महामारी पछि कुनै पनि बालकलाई सुटिङस्थलमा ल्याउन नपाउने नियमको कारण छोरासँग लामो समय टाढा बस्नु पर्ने हुन्छ, यदि छोराको पनि भूमिका छ भने उ पनिसँगै रहन्छ।

 नायिका सिल्भरस्टोन र उनको छोरा बियरसँगै उनको नयाँ सिनेमा 'सिस्टर अफ द ग्रूम'मा एक साथ अभिनय गरेकी छिन्। 

४ अक्टोबर १९७६ को दिन सान फ्रानसिस्कोमा जन्मेकी नायिका सिल्भरस्टोनले अभिनय गरेको केहि सफल सिनेमा हरुमा क्लुलेस, द क्रस, द लज, ब्युटी सप, बुक क्लब, किङ्ग कोबरा, बटर आदी रहेका छन्।

प्रकाशित मिति: : 2020-12-22 13:23:00

प्रतिकृया दिनुहोस्