गोर्खा फौजमा 'अरूलाई मिसाउने योजना'बारे भारतको 'जबाफ कुर्दै' नेपालीभाषी भूतपूर्व सैनिकहरू

गोर्खा बटालियनमा अन्य भारतीयहरूलाई पनि भर्ना लिने तयारीप्रति असन्तुष्टि व्यक्त गरेका भूतपूर्व गोर्खा र नेपालीभाषी भारतीयहरूले "हाल आफूहरू भारत सरकारको उत्तरको प्रतीक्षामा रहेको" बताएका छन्।

एक महिनाअघि विभिन्न भारतीय सञ्चारमाध्यममार्फत् भारत सरकारको उक्त तयारी सार्वजनिक भएको थियो।

त्यसपछि भारतमा रहेका नेपालीभाषी भारतीयसम्बद्ध संस्थाहरू, भूतपूर्व गोर्खाहरू र नेपालीभाषीको बसोबास रहेको क्षेत्रका केही सांसदहरूले उक्त तयारीबारे भारत सरकारलाई पत्र लेखेरै असन्तुष्टि व्यक्त गरेका थिए।

नेपाली नागरिक भूतपूर्व भारतीय गोर्खाहरूले पनि नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूसँग त्यसबारे चासो र चिन्ता व्यक्त गरेको बताएका छन्।

यद्यपि उनीहरूलाई दूतावासका अधिकारीहरूले "विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भए जस्तो तयारी नभएको" उत्तर दिएको भूतपूर्व गोर्खाहरूले बताए।

प्रकाशित मिति: : 2020-12-23 09:04:00

प्रतिकृया दिनुहोस्