प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक सुरु

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूहको संसदीय दलको बैठक सुरु भएको छ।

नयाँ बानेश्वरस्थित संसद भवन परिसरको लोत्से हलमा बैठक सुरु भएको हाे।

बैठकमा ९० जनाभन्दा धेरै सांसदको सहभागिता रहेको दाबी गरिएको छ।

 बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने र दाहाललाई चयन गर्ने जनाइएकाे छ। 

यसअघि प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियाे। बैठकले नयाँ अध्यक्षमा नेपाललाई चयन गरेको छ।

प्रकाशित मिति: : 2020-12-23 14:24:00

प्रतिकृया दिनुहोस्