ओलीले गल्ती स्वीकार गरी माफी मागे पार्टीमा पुनः प्रवेश दिन्छाैं: नेकपा (प्रचण्ड) अध्यक्ष नेपाल

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पार्टीको अन्तरिम विधान बमोजिम अध्यक्षबाट हटाइएको बताउँदै गल्ती स्वीकार गरी माफी मागेमा पार्टीमा पुनः प्रवेश गरिने बताएका छन्।

बुधबार संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले मंगलबार आफूहरुको बैठकमा ७२ प्रतिशत केन्द्रीय सदस्य उपस्थित भएको दावी गरेका थिए। 

‘हिजो केन्द्रीय समितिले उहाँलाई नेकपाको अन्तरिम विधान बमोजिम कारबाही गरेका छौं। उनले भने,‘उहाँलाई केन्द्रीय अध्यक्षबाट मात्रै हटाइएको हो, केन्द्रीय सदस्य र सदस्यबाट हटाइएको छैन। आफ्ना गल्ती स्विकार्दै माफी मागेर फर्किए पार्टीमा आउन स्वागत गर्छौं।’

उनले ओली पक्षले गरेको भेलालाई पुनः सानो गुटको संज्ञा दिए। 

‘ ७२ प्रतिशत सदस्य उपस्थित बैठक वैधानिक हुन्छ कि सानो गुट भेला वैधानिक हुन्छ ?,’ उनले प्रश्न गरे।

उनले  प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको स्वीकृति असंवैधानिक भएको भन्दै निर्णय बदल्न ओलीले त्यस्तै कदम चाल्ने आफ्नो अपेक्षा रहेको पनि बताएका थिए। 

प्रकाशित मिति: : 2020-12-23 14:59:00

प्रतिकृया दिनुहोस्