उषाकला भन्छिन्– अझै पनि मिलाउन सकिन्छ कि भनेर प्रधानमन्त्री ओलीसँग गएको थिएँ

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई नेकपा (प्रचण्ड)मा गएका छन्। तामाङ र राई बिहीबार नेकपा (प्रचण्ड)ले बबरमहलमा डाकेको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिए। 

तामाङ सिन्धुपाल्चोक–२ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन्।उनकी पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन्।  

तामाङ सोमबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सांसदहरुको बैठक र मंगलबार केन्द्रीय सदस्यहरुको बैठकमा सहभागी भएका थिए।
 
औपचारिक रुपमा पार्टी विभाजन नभएकाले अझै पनि मिलाउन सकिन्छ कि भनेर प्रधानमन्त्री ओलीसँग गएको तामाङले बताए। 

उनले भने, ‘औपचारिक रुपमा पार्टी विघटन तथा विभाजन भएको थिएन। अझै पनि मिलाउन सकिन्छ कि भनेर प्रधानमन्त्री ओलीसँग गएको हुँ। म नेकपा केन्द्रीय सदस्यमा छु र सांसद हुँ।’

उनलाई ओली समूहले केन्द्रीय सदस्य बनाएको थियो। उनले केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन्।

‘प्रधानमन्त्री केपी कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नु भएकोमा हृदयबाट कृतज्ञ जाहेर गर्दछु,’ उनले भनेकी छन्, ‘तर मेरा ग्यानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ महसुस भएको छ, त्यसकारण विनम्रताका साथ उक्त केन्द्रीय कमिटी सदस्य म नरहेको सबैमा अनुरोध गर्दछु।’

प्रकाशित मिति: : 2020-12-24 13:16:00

प्रतिकृया दिनुहोस्