पुस १३ गते प्रधानमन्त्री ओलीको कदमविरुद्ध देशैभर विरोध प्रदर्शन गर्ने कांग्रेसकाे निर्णय

बिएल संवाददाता

काठमाडाै‌ं

कांग्रेसले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध पुस १३ गते देशैभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। 

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सुरुमै यसबारे निर्णय गरेको हो।

‘प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले यहीँ पुस १३ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हौं,’कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भने।

बैठक जारी छ।

प्रकाशित मिति: : 2020-12-24 15:08:00

प्रतिकृया दिनुहोस्