नेकपा (प्रचण्ड)ले पुस १४ गते देशव्यापी आन्दोलन गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)ले प्रतिनिधि सभा विघटनविरुद्ध पुस १४ गते देशव्यापी आन्दोलन गर्ने भएको छ।

बिहीबार बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले प्रवक्ता नाराणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय आन्दोलन परिचालन समितिसमेत बनाएको छ। 

१४ पुसभित्र जनसंगठनहरूका बैठक गर्ने पनि निर्णय गरिएको छ। दोस्रो चरणमा सशक्त आन्दोलन गर्ने यो समूहको तयारी छ। 

नेकपा केन्द्रीय सदस्य निरज आचार्यका अनुसार ११ पुसमा सबै प्रदेश कमिटीको बैठक सम्बन्धित प्रदेशमा बस्नेछ। १२ पुसमा ७७ वटै जिल्लामा भेला आयोजना गरिनेछ। 

यस्तै, भोलि शुक्रबार बिहान साढे ९ बजे माइतीघर मण्डलामा सबै केन्द्रीय सदस्य जम्मा भएर १० बजे संयुक्त पत्रसहित निर्वाचन आयोग जाने तय भएको छ। भोलि नै २ बजे पत्रकार सम्मेलन समेत गरिनेछ।

२० पुससम्म सबै नगर र गाउँ कमिटीका बैठक र भेला गर्ने तथा २५ पुससम्म सबै वडाहरूमा भेला गर्ने छ।

प्रकाशित मिति: : 2020-12-24 16:03:00

प्रतिकृया दिनुहोस्