नेकपा (ओली)को विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्ता, अब प्रथम अध्यक्षको मात्रै हस्ताक्षर चल्ने

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (ओली)ले पार्टीको विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्ता गराएको छ। 

बिहीबार आयोगमा दर्ता गराइएको संशोधनमा पार्टीका आधिकारिक दस्तावेज र पत्रहरुमा प्रथम अध्यक्षको मात्रै हस्ताक्षर चल्ने बनाइएको छ। यसअघि नेकपाका दुवै अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्था थियो।  

संशोधित विधानबाट दुई अध्यक्ष रहने प्रावधान भने हटाइएको छैन। त्यस्तै केन्द्रीय समितिको संख्या पनि ओली पक्षले निर्णय गरेर पुर्‍याएको १११९ लाई कायम गरिएको छ। 

प्रकाशित मिति: : 2020-12-24 16:28:00

प्रतिकृया दिनुहोस्